Image

अल्फा केयर डायग्नोस्टिक सेन्टरद्वारा आयोजित निःशुल्क योग शिविर सम्पन्न

अल्फा केयर डायग्नोस्टिक सेन्टरद्वारा शनिबार काठमाडौँ नक्सालस्थित नारायण चौरमा आयोजित डेढ घण्टे निःशुल्क योग शिविर सम्पन्न भएको छ । बिहान ८ः३० बजे सुरु भएको उक्त शिविर १० बजेसम्म सञ्चालन भएको थियो । भारतका बहुचर्चित योग गुरु धिरज र अल्फा केयर डायग्नोस्टिक सेन्टरको संयुक्त प्रयासमा आयोजित उक्त शिविरमा ५० भन्दा बढी मानिसहरुले निःशुल्क सेवा लिएका थिए । उक्त शिविरमा साना बालबालिकादेखि ६०-७० बर्षका वृद्धहरु पनि सहभागी भएका थिए ।