Alfa Care Mega Health Camp नेपालमा नि:शुल्क सेवा

अल्फा केयरमा मेगा हेल्थ क्याम्प आयोजना, विशेष छुटको पनि व्यवस्था

Aug 05, 2025

अल्फा केयर एण्ड डाइग्नोस्टिक सेन्टरमा मेगा हेल्थ क्याम्प आयोजना भएको छ ।

रोटरी क्लब अफ बानेश्वर, बुद्धनगर टोल सुधार समिती, थर्ड आई युथ क्लब, विई केयरको सहकार्यमा डेन्टल र दृष्टि आई केयरसँगको सहकार्यमा अल्फा केयरले शनिबार बिहान आफ्नै प्रांगणमा मेगा हेल्थ क्याम्प आयोजना गरेको हो ।

बाथ रोग, जनरल फिजिसियनलगायत विभिन्न डिपार्टमेन्टमा डाक्टरहरु राखेर निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरेको अल्फा केयरकी सिनियर सेल्स एण्ड मार्केटिङ एजुकेटिभ अस्मिता पराजुलीले जानकारी दिइन् । यस एकदिने शिविरमा रोग परीक्षण गर्दा रोगको प्रकृति हेरेर छिमेकी कार्डको सहयोगमा ५० प्रतिशत छुटसमेत पाइनेछ । स्थापनाकालदेखि नै अल्फा केयरले हरेक वर्ष मेगा हेल्थ क्याम्प आयोजना गर्दै आएको छ । नेपालमा कोरोना महामारी बढ्दै गएपछि पीसीआर परीक्षणका लागि ल्याब सेवाको आवश्यकता महसुस गरी स्थापना भएको यस डाइग्नोस्टिक सेन्टरले हाल ओपीडी, क्लिनिकल, ल्याबरोटरीलगायतका सेवा दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । अत्याधुनिक उपकरण र विज्ञ स्वास्थ्यकर्मीको आबद्धता रहेको यो ल्याब आइएसओ सर्टिफाइड ए ग्रेडको ल्याव हो ।

Search

No results found

Try a different search term

Book Your IME Appointment

Complete your Immigration Medical Examination (IME) at our certified facility. We provide all required tests for Australia and New Zealand visa applications with fast, accurate results.

Simple 3-Step Process:

1
Schedule Your Appointment

Choose a convenient date and time for your examination

2
Complete Your Medical Tests

All required examinations in one visit

3
Receive Your Results

Fast processing with digital delivery